सुनको मूल्य घट्यो, कति छ तोलाको ?

२०७९ मंसिर ६, मंगलवार ०७:००

६ मंसिर । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज (मंगलबार) सुनको मूल्य ३०० रुपैयाँले घटेको हो ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० रहँदा सोमबार रु ९७ हजार ५०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० रहेकामा सोमबार प्रतितोला रु ९७ हजारमा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी मूल्य भने सोमबारको मूल्य भन्दा १५ रुपैयाँले बढ्दै एक हजार २८० मा कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २६५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?