दिल्लीविरुद्ध कोलकाताको रोमाञ्चक जित, आज चेन्नई र पञ्जाब भिड्दै

२०८२ बैशाख १७, बुधबार ११:५९

कोलकाता नाइट राइडर्स ९केकेआर० ले इण्डियन प्रिमियर लिग ९आइपिएल० २०२५ मा चौथो जित निकालेको छ । चौथो जित निकाल्नेक्रममा कोलकाताले मंगलबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्स ९डिसी० लाई १४ रनले हरायो ।

दिल्लीले भने लगातार दोस्रो हार बेहोर्‍यो । आफ्नो दसौँ खेलमा कोलकाताले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन मात्र बनाउन सक्यो ।

उसका लागि फाफ डुप्लेसिसले ४५ बलमा सात चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ६२ रन बनाए । यस्तै, कप्तान अक्षर पटेलले ४३, विराज निगमले ३८ र करुन नायरले १५ रन जोडे । कोलकाताका लागि सुनिल नारायणले तीन, वरुण चक्रवर्तीले दुई तथा आन्द्रे रसेल, वैभव अरोरा र अनुकूल रोयले एकरएक विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय ४ रन बनायो ।उसका लागि अंगकृष रघुवंशीले ३२ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ४४ रन बनाए । यस्तै, रिंकु सिंहले ३६, सुनिल नारायणले २७ तथा रहमानुल्लाह गुर्बाज र कप्तान अजिंक्य रहाणेले २६र२६ तथा आन्द्रे रसेलले १७ रन जोडे ।

दिल्लीका लागि मिचेल स्टार्कले चार ओभरमा ४३ रन दिएर सर्वाधिक तीन विकेट लिए । विपराज निगम र कप्तान अक्षर पटेलले दुईरदुई तथा दुश्न्था चामेराले एक विकेट हात पारे ।

जारी सिजनमा दिल्लीले १० म्याच खेल्दा ६ मा जित र चार खेलमा हार बेहोरेको छ । ऊ अहिले तालिकाको चौथो स्थानमा छ । यस्तै, सातौं स्थानमा रहेको कोलकाताले १० खेलमा चारमा जित र पाँच खेलमा हारको सामना गरेको छ । आइपिएलमा आज चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स खेल्ने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?