बालमैत्रि सिकाई केन्द्रलाई सामाग्रि हस्तान्तरण तथा संयुक्त अनुगमन सम्पन्न

२०८२ बैशाख २०, शनिबार २०:३८

आरजे ईर्शाद शेख बैशाख २०।महोत्तरी : वल्ड भिजन ईन्टरनेशनल नेपाल र दलित समाज उत्थान समिति (DSWCN) नेपाल महोतरीको साझेदारीमा एकडारा र सम्सि गाउँपालिकामा संचालित संरक्षण समुदाय संलग्नता तथा स्पोन्सरशिप कार्यक्रम अन्तर्गत सम्सि गाउँपालिकाको वडा न २ को बालमैत्रि सिकाई केन्द्रलाई सामाग्रि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता सम्सि गाउँपालिका वडा न २ को वडा अध्यक्ष शेख अन्जारेले गर्नु भएको थियो भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामनाथ यादव,विशिष्ट अतिथि जिल्ला समन्वय समिति महोत्तरीको प्रतिनिधि राम उदेश यादव, विशेष अतिथि दलित समाज उत्थान समिति नेपालको संस्थापक अध्यक्ष तथा व्यवस्थापन समितिको संयोजक सुनिल ठाकुर, अतिथि जिल्ला प्रहरी कार्यालय, महोतरीको प्रतिनिधी सुशिल कुमार शाह प्रादेशिक अस्पतालको डा. कृष्ण पंजियार, एकद्धारा संकट व्यवस्थापन केन्द्र (OCMC) जलेश्वरको Focal Person विणा तिवारी, आयुर्वेद औषधालय प्रमुख संजय बाबु यादव, स्वास्थ्य चौकि प्रमुख तथा वडा सचिव सुख चन्द्र यादव, बाल क्लवको पदाधिकारीहरु,समाजसेवि कलामुदिन अन्सारि, कार्यक्रम संयोजक उतिम चन्द्र चौधरी Sponsorship Quality Control Officer देवि प्रसाद निरौला समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उदेश्य IRDS का Field Officer राजिव झाले प्रष्ट पार्नु भएको थियो ।

साथै बालमैत्रि सिकाई केन्द्र, साक्षरता शिविर, बाल क्लव, सम्सी गाउँपालिकाको वडा ७ मा रहेको विधालयमा जडान भएको वायोसेन्ट फिल्टरको सरोकारवालाहरुले अनुगमन गरेको छ ।
संयुक्त अनुगमन कार्यक्रम DSWCN को कर्मचारी माधव ठाकुर र सुमन सौरभको नेतृत्वमा २०८१ बैशाख १९ देखि २१ गते सम्म एकडारा र सम्सी गाउँपालिकामा संचालन हुने कुरा कार्यक्रम संयोजक उतिम चन्द्र चौधरीले जानकारी दिनु भयो ।

सामाग्रिहरु हस्तान्तरण
1. P-form- 18 mtr
2. Carpet – 18 mtr
3. Dendrite- 2 ltr
4. Curtain- 4 pcs
5. 3 steps shoe rack- 1 set
6. Six corner rack- 1 set
7. Table and Chair set for Computer- 1 set
8. Analog wall clock- 1 pcs
9. Music sound box with mike- 1 set
10. Wall fan- 2 pcs
11. Still Godrez daraz- 1 pcs
12. Desktop computer with UPS- 1 set

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?