शनिबारदेखि पुनः सुरु हुँदै स्थगित आईपीएल

२०८२ बैशाख ३०, मंगलवार १३:५८

काठमाडौं,३० बैशाख। भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग ९आईपीएल० शनिबारदेखि पुनः सुरु हुने भएको छ।

गत हप्ता युद्धविरामका लागि भएको सफल कूटनीतिक पहलपछि पुनः लिग सञ्चालन गर्ने निर्णय गरिएको हो। भारतीय क्रिकेट नियन्त्रण बोर्ड ९बीआईसीसी०ले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको हो। बीआईसीसीका अनुसार, फाइनल खेल जुन ३ मा हुनेछ।
साथै, बिहीबार रद्द गरिएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि सुरु हुने जनाइएको छ।

क्वालिफायर १ जेठ १५ गते ९मे २९० र इलिमिनेटर जेठ १६ गते ९मे ३०० मा हुनेछ । त्यस्तै, क्वालिफायर २ जेठ १८ गते ९जुन १० मा हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?