एकडारामा १ दिने पोषण बहस प्रतिवद्धता कार्यक्रम सम्पन्न

२०८२ बैशाख ३१, बुधबार १०:०९

महोत्तरी- आरजे इर्शाद शेख -महोत्तरी जिल्लाको एकडारा गाउपालिकामा एकीकृत ग्रामीण बिकास समाज बर्दिबास महोत्तरी र वल्ड भिजन नेपालको साझेदारीमा नेपालको संविधानको मौलिक हकको रुपमा रहेको खाद्य सम्प्रभुताको अधिकारलाई सुनिश्चित गर्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा गरेको प्रतिवद्धता, दिगो विकासको लक्ष्य २०३०, वृद्धिको लागि पोपण २०२१, सयुक्त राष्ट्रसघीय खाय प्रणाली शिखर सम्मेलन २०२१, बहुक्षेत्रीय पोषण योजना (२०८० ८१-२०८७/८८ तेस्रोले दिएको पोषणको अधिकार प्राप्त गर्दै, एकडारा गाउँपालिकालाई कुपोषण तथा भोकमरीलाई अन्त्य गरी बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन लागू गर्न जिल्ला समन्वय समिति, एकडारा गाउँपालिका, वर्ल्ड भिजन इन्टरनेसनल नेपाल, साभंवार सस्थाका प्रतिनिधिहरु तथा समुदायका प्रतिनिधिहरु मिति २०८२ वैशाख ३० गते प्रतिवद्धता व्यक्त गरेकाछन ।

कुनैपनि बालबालिकाले पोषणको अधिकारबाट बञ्चित नहुनको लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा नेपाल सरकारले गरेका प्रतिवद्धता, दिगो विकासको लक्ष्य २०३०, वृद्धिको लागि पोषण २०२१, संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलन २०२१, बहुक्षेत्रीय पोषण योजना । २०८०/८१-२०८७/८८) तेस्रोले लिएको लक्ष्यलाई पुरा गर्न,
विद्यालय क्षेत्रभित्र अखाद्य बस्तु । जक फुड को अन्त्य गरी स्थानीय खाद्य वस्तुलाई प्राथमिकता राखी विद्यालयमा दिवा खाजा कार्यक्रमको गुणस्तर वृद्धि गरी सबै विद्यालयमा विवा खाजा कार्यक्रम लागु गरी  अनुगमनलाई प्रभावकारी बनाउन, पोषण सुधारको क्षेत्रमा पोषण संवेदनशील असल व्यवहार रुपान्तरणको लागि प्रदेश सरकार तथा स्थानीय तहवीच समन्वात्मक भुमिका प्रभावकारी बनाई पोषणमैत्री स्वास्थ्य संस्थाहरु तथा स्थानीय तह घोषणा गर्न,बालबालिकाको शारीरिक वृद्धि, मानसिक विकास तथा स्वस्थ जीवनको लागि पोषण शिक्षालाई सञ्चार माध्यममा प्रचारप्रसार गर्न,अभिभावक शिक्षा लागू गर्न, जलवायु अनुकुलन खाद्य उत्पदान, रैथाने बालीको उत्पादन गर्न तथ सुनौलो हजार दिन सम्बन्धी कार्यक्रमलाई प्रभावकारी रुपमा सन्चालन गर्ने, पोषणको कमीले हुने रक्तअलपत्ता, पुड्कोपन, शारीरिक दुर्बलता र भविष्यमा हुने दिर्घरोगको रोगथामका लागि बालवालिका, किशोरकिशोरी, गर्भवती र सुत्केरीलाई पोषण सम्बन्धी कार्यक्रम अनिवार्य सुनिश्चित गर्न,बालमृत्युदर तथा कुपोषण अन्त्यको लागि प्रदेश सरकार तथा स्थानीय तह साथै सरोकारवालाहरुले सचेतनामुलक कार्यक्रमलाई प्रभावकारीरुपमा सन्चालन गर्न, स्वस्थ, समृद्ध, बौद्धिक र सभ्य समाज निर्माणको लागि पोषणमैत्री नेपाल बनाउन समन्वय र सहकार्य गर्न, जस्ता विभिन्न प्रतिबद्धता राखेका छन ।
कार्यक्रममा गाउपालिका अध्यक्ष दिप नारायण मन्डल, वल्ड भिजन नेपालका प्रमिल अधिकारी, दिलिप यादव, आइ आर डि एस का कुमार भन्डारी, भुपेन्द्र निरौला, उषा कार्कि, राजिव झा, बिधालयका प्रधानाध्यापक, पत्रकारहरु, बिद्यार्थीहरु समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?