१५ जेठ, काठमाडौं ।गणतन्त्र दिवसको अवसरमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले प्रतीकात्मक तरवार र ढालसहितको र्याली प्रदर्शन गरेका छन्। गणतन्त्रलाई उत्सवमय ढंगले मनाउन आयोजित यस र्यालीमा सांस्कृतिक झाँकीसहित उत्साहपूर्वक सहभागीता देखिएको छ।
काठमाडौंका विभिन्न स्थानहरूबाट जुलुस निकाल्दै आएका सहभागीहरू ‘गणतन्त्र जिन्दावाद’, ‘नेकपा एमाले जिन्दावाद’ जस्ता नारा लगाउँदै र्यालीमा सहभागी भएका थिए। अग्रपंक्तिमा एमाले सचिव लेखराज भट्टलगायत नेताहरू देखिन्थे।
र्याली भृकुटीमण्डपमा भेला भई भद्रकाली, शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमै आएर कोण सभामा परिणत हुने कार्यक्रम तय गरिएको छ।






