प्रधानमन्त्रीको आव्हानमा प्रमुख दलका नेताबीच सिंहदरबारमा छलफल

२०८२ जेष्ठ १९, सोमबार १६:५०

काठमाडौँ, १९ जेठ । संसद्को गतिरोधलगायत समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी छ।

 

छलफलमा नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रमेश लेखक सहभागी हुनु भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?