क्यानडामा सगरमाथा दिवस मनाइयो, नेपालको साहसिक पर्यटनबारे चर्चा

२०८२ जेष्ठ २०, मंगलवार १३:०२

काठमाडौं,२० जेठ । क्यानडाको क्यालगरी सहरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै सगरमाथा दिवस मनाइएको छ । नेपाल चेम्बर अफ कमर्सको मुख्य संयोजकत्व र क्यालगरीस्थित नेपाली सामुदायिक संस्था एनसीएससी एवं गैर आवासीय नेपाली संघ क्यानडाले समेत संयोजन गरी उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता चेम्बरका अध्यक्ष समीर पाण्डेले गरेका थिए भने कार्यक्रमको संचालन चेम्बरका सचिव किरण खरेलले गरेका थिए ।

कार्यक्रमका मुख्य अतिथि डेभ रोड़्नी तथा मींग्मा तेन्जींग शेर्पा रहेका थिए । २ पटक सगरमाथा आरोहण गरी सकेका रोड़्नी अल्बर्टा नेपाल चेम्बर अफ कमर्सका विशेष सल्लाहकारसमेत हुन् ।

रोड्नी अल्बर्टाले प्रान्तको पटक–पटक निर्वाचित सांसद र प्रान्तीय मन्त्रीको भूमिका समेत निर्वाह गरिसकेका छन् ।
कार्यक्रममा रोड्नीले आफू सगरमाथा आरोहण गर्दाको अनुभव सहितको प्रेरणा दायक प्रस्तुति शब्द चित्रमार्फत प्रस्तुत गरेका थिए ।

कार्यक्रमका अर्का आकर्षणको रूपमा उपस्थित मींग्मा शेर्पा पनि सगरमाथा आरोही हुन् । उनले कार्यक्रममा हिमालय क्षेत्रको महत्त्व र आरोहणका बारेमा विचार राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?