विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

२०७९ मंसिर २६, सोमबार ०४:२१

२६ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरिएको छ । आइतबार एडिडास कम्पनीले विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो ।

‘अल हिल्म’ नाम रहेको उक्त बल अरेबिक शब्दबाट राखिएको हो, जसको अर्थ ‘सपना’ भन्ने हुन्छ । यसअघि एडिडास कम्पनीले नै बनाएको ‘अल रिहला’ नामको बल प्रयोग हुँदै आएको थियो । नयाँ बलमासमेत अघिल्लो बलमा जस्तै सेन्सर प्रविधिको प्रयोग गरिएको छ।

कतार जारी विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरोक्को प्रवेश गरेका छन् । सेमिफाइनलका दुई खेल मंगलबार र बुधबार हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?