संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबारका लागि पनि तय भएको छ।
लामो समयदेखि अवरूद्ध भइरहेको प्रतिनिधि सभा बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ।
भिजिट भिसा प्रकरणको छानबिन समिति बनाएर गर्नुपर्ने विपक्षी दलको अडान र समिति बनाउनु नपर्ने सत्तापक्षको अडानका कारण आइतबार सहमति नजुट्दा प्रतिनिधि सभा बैठक अवरूद्ध बन्दै आएको छ।
दलहरूले आज दिउँसो ३ बजेभन्दा अगाडि सहमति जुटाउने र बैठक सञ्चालन हुने वातावरण बनाउने प्रयत्न गर्ने बताएका छन्।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन्।






