जनकपुरधाम असार ५ -धनुषाको मिथिला नगरपालिका–१, ढल्केबरमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा ५० वर्षीया मङ्लीदेवी महतो रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।
आज बिहान मङ्लीदेवी घरनजिकै रहेको तरकारी खेतमा काम गर्न जाँदै गर्दा रामप्रमोद महतोले बाली जोगाउनका लागि खेतमा तानिएको नांगो विद्युतीय तारमा छोइएपछि करेन्ट लागेर घटनास्थलमै ज्यान गएको हो।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






