तीनकुने आगलागी पीडित पत्रकारका परिवारलाई रास्वपाको आर्थिक सहयोग

२०८२ असार ७, शनिबार १७:५१

काठमाडौं, असार ७– तीनकुनेस्थित आगलागी घटनामा ज्यान गुमाएका दिवंगत पत्रकार सुरेश रजकको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आर्थिक सहयोग प्रदान गरेको छ।

पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा रजकको परिवारलाई तीन लाख रुपैयाँ सहयोग गरिएको हो। दिवंगत रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै रास्वपाले पीडित परिवारलाई राहतस्वरूप यो सहयोग उपलब्ध गराएको हो।

सहयोग रकम पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र सदस्य जगदीश खरेलले संयुक्त रूपमा रजकका परिवारलाई हस्तान्तरण गरेका हुन्।

स्व. पत्रकार रजक तीनकुनेमा भएको आगलागीमा परी ज्यान गुमाएका थिए। घटनापछि विभिन्न संघसंस्थाहरूले पनि रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारप्रति सहानुभूति प्रकट गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?