सर्लाहीमा जसपा नेपालका प्रदेश अध्यक्ष अशोक यादव पक्राउ गर्न १,००० भन्दा बढी प्रहरी परिचालन

२०८२ असार २०, शुक्रबार २३:११

सर्लाही असार २०।जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्ष तथा पूर्व सांसद अशोक यादवलाई पक्राउ गर्न सर्लाहीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

बिहीबार राति यादव र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्र खड्काबीच गालीगलौज भएको अडियो सार्वजनिक भएपछि शुक्रबार अदालतले यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। अदालतको आदेशपछि उनलाई पक्राउ गर्न १,००० भन्दा बढी प्रहरी परिचालन गरिएको सर्लाही प्रहरीले जनाएको छ।

पक्राउ गर्न गएको प्रहरीमाथि स्थानीयहरूले ढुं’गामुढा गरेको, प्रहरीको गाडीमा तो’डफो’ड गरेको र सार्वजनिक बाटो समेत अवरुद्ध पारेको आरोपमा यादवमाथि थप कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ।

यादव हाल फरार रहेको र उनलाई छिट्टै नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरी स्रोतको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?