जयनगर–जनकपुर रेल्वेमा कटेर एकको मृत्यु, कानमा इयरफोनले बन्यो दुर्घटना कारण!

२०८२ असार २३, सोमबार १७:११

धनुषा असार २३ — जयनगर–जनकपुर रेल्वे लिकमा आइतबार बिहान एक पुरुषको रेलको ठक्करबाट ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार देउरी परवाहा स्टेशनदेखि केही दूरी पूर्व रेल्वे ट्रयाकमा आज बिहान करिब ९:४० बजे उक्त घटना भएको हो।

रेल्वे कर्मचारीका भनाइअनुसार मृतक कानमा इयरफोन लगाएर ट्रयाकमा हिँडिरहेका थिए। रेल ड्राइभरले पटक–पटक हर्न बजाएर सचेत गराउँदा समेत उनले नसुनेपछि रेलले ठक्कर दिएको जनाइएको छ।

रेलले आकस्मिक रूपमा रोक्न प्रयास गरे पनि ती व्यक्तिको ज्यान जोगाउन सम्भव भएन। अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने मृतकको पहिचान खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?