बलवामा व्यवसायिक प्रशिक्षण केन्द्र भवन निर्माणको भूमि पूजन सम्पन्न

२०८२ श्रावण ३, शनिबार १९:२१

बलवा, महोत्तरी | २०८२ साउन ३ गते, शनिवार महोत्तरीको बलवा नगरपालिका–८ मा व्यवसायिक प्रशिक्षण केन्द्र भवन निर्माणको भूमि पूजन कार्य सम्पन्न भएको छ।

 

नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान द्वारा निर्माण गरिने उक्त केन्द्रको भूमि पूजन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष आदरणीय माननीय महन्थ ठाकुर तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं लोसपाका वरिष्ठ नेता माननीय शरदसिंह भण्डारीले संयुक्त रूपमा गर्नुभएको हो।

भवनको डिजाईन आधुनिक र हरियालीयुक्त संरचनामा आधारित रहेको देखिन्छ, जसले आगामी दिनमा सीप विकास, तालिम, तथा रोजगारीमूलक कार्यक्रम सञ्चालनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

 

कार्यक्रममा स्थानिय जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अगुवा र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?