पत्रकारमाथि धम्की: चोरीको खबर देखाएपछि मञ्चबाटै धम्की, प्रहरी अगाडि गालीगलौज

२०८२ श्रावण ७, बुधबार २२:०६

सिरहा, साउन ०७:अस्ति राति करिब ११ बजे पत्रकार रौनक यादवले भगवापुर–३ मा पाइप चोरी भइरहेको प्रत्यक्ष प्रसारण (लाइभ) मार्फत सार्वजनिक गरेका थिए। उक्त भिडियोमा स्पष्ट रूपमा देखिन्छ कि स्थानिय अरुण यादव पाइप चोर्दै थिए।

तर, घटनापछि दोषीमाथि कुनै कारबाही नभई उल्टै पत्रकारमाथि नै धम्की र दवाब सिर्जना भएको छ। स्थानिय स्तरमा आयोजना गरिएको ‘नीति तथा कार्यक्रम’ को मञ्चबाटै उग्नारायण यादवले पत्रकार रौनक यादवलाई सार्वजनिकरूपमा धम्की दिएका भिडियोहरू समेत सार्वजनिक भइसकेका छन्।

यति मात्र होइन, पत्रकार रौनक यादवका बुबा जब Labour गर्न गएको थियो त्यतिबेला एक स्थानीय पसलमा अरुण यादवले गालीगलौज गर्दै भने,
“तिम्रो छोरोले रिपोर्टिङ किन गर्‍यो? तँलाई पनि नसङ्घार्दिन्छु, अनि तेरो छोरालाई पनि!”
उनले रौनक यादवका बुबामाथि अश्लील भाषा प्रयोग गर्दै ज्यानसम्म मार्ने धम्कीसमेत दिए।

अझ गम्भीर कुरा त के छ भने, जब रौनक यादवका बुबा घर मा थिए, त्यतिबेला चौकी इञ्चार्ज (सई)को प्रत्यक्ष उपस्थितिमा नै अरुण यादव र उनका बुबा दोरिक प्रसाद *यादवले* पत्रकारका बुबालाई साइकल रोकेर भन्छ
“छातीको हड्डी नै भाँचिदिन्छु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?