पोखरीमा डुबेका एक बालकको शव फेला परेको छ।

२०८२ श्रावण ८, बिहीबार १५:२३

धनुषा ,श्रवण ७ –धनुषाको सबैला नगरपालिका–१०, खरियानीका ७ वर्षीय सचिन कापर बुधबारदेखि बेपत्ता थिए। उनी खुसिया कापरका छोरा हुन्। परिवारले खोजी गरिरहेका बालकको शव बिहीबार बिहान घर नजिकैको पोखरीमा फेला परेको हो।

प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार बिहान करिब १० बजे बालकको शव पोखरीमा तैरिरहेको अवस्थामा देखिएको थियो।

सचिन बुधबार बिहान करिब ११ बजे घरबाट खेल्न निस्केका थिए। त्यसपछि उनी हराएका थिए।

गर्मी छल्न पोखरीमा गएका बेला नुहाउने क्रममा डुबेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?