लागु औषध गाँजा सहित मानिस र मोटरसाइकल नियन्त्रणमा

२०८२ श्रावण १७, शनिबार १९:१४

पर्सा ,सश्रावण १७ :पर्साको पटेर्वा सुगौली गाउँपालिका-४, करबोला चोकमा प्रहरीले चेकजाँच गर्दा एक व्यक्तिलाई लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले बेलुवाबाट देवरवानातर्फ जाँदै गरेको BR05AG6805 नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो। मोटरसाइकल चालक पर्सागढी नगरपालिका-९, एकटाङ्गा बस्ने ३४ वर्षीय जगमोहन यादवको शरीर र मोटरसाइकलको सिटमुनि लुकाइएको अवस्थामा ८.४४० किलोग्राम गाँजा फेला परेको थियो।

प्रहरीले गाँजा, मोटरसाइकल र चालक जगमोहन यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?