वाचा र सहयोगको मिसाल: ३ वर्षपछि इस्लामिक फाउन्डेसन लादोले बिहेका लागि दियो ८४ हजार

२०८२ भाद्र १२, बिहीबार १०:३३

जनकपुरधाम-२३ : लादो निवासी उमर राइनकी छोरीको बिहेका लागि मंगलबार इस्लामिक फाउन्डेसन जनकपुर–२३ लादोले रु. ८४,००० नगद सहयोग गरेको छ।

यस संस्थाका सदस्यहरूले उमर राइनको घरमै पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन्। फाउन्डेसनका अनुसार, उनीहरूले विगत ५ वर्षदेखि समाजसेवामा सक्रिय रहँदै आएका छन् र आवश्यकता अनुसार सहयोग गर्ने उद्देश्य राखेका छन्।

यो केस ३ वर्षअघि नै दर्ता गरिएको भए पनि छोरीको उमेर नपुगेका कारण रोकिएको थियो। उमेर २० वर्ष पुगेपछि भाद्र १० गते मंगलबारको दिन रकम हस्तान्तरण गरिएको यस संस्थाले जनाएको छ।

“इस्लामिक फाउन्डेसन जनकपुर–२३ लादो” यो एक गैरनाफामूलक सामाजिक संस्था हो, जसको स्थापना स्थानीय युवाहरूको पहलमा भएको हो। संस्थाको मुख्य उद्देश्य आर्थिक रूपमा कमजोर तथा विपन्न रहेका व्यक्तिहरूलाई सहयोग पुर्‍याउनु हो।

यो संस्था शिक्षा, स्वास्थ्य, राहत वितरण, विवाह जस्ता घटनामा सहयोग लगायतका सामाजिक सेवामा सक्रिय रहँदै आएको छ। विगत ५ वर्षमा यो संस्थाले कैयौं विपन्न परिवारलाई राहत, उपचार खर्च, र विवाह खर्चमा सहयोग पुर्‍यइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?