जनकपुरधाम, भदौ १२ । जय माँ जानकी समाज सेवा–नेपालले समाजका विपन्न वर्गलाई सहयोग गर्ने उद्देश्यका साथ आज जनकपुरधाममा विशेष कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूजा कुमारी पासवान उपस्थित थिइन् भने विशिष्ट अतिथिहरूमा अशेष यादव, चन्द्र ठाकुर, विजय पासवान र उदेश्वर पप्पु यादव सहभागी थिए।
सो अवसरमा प्रमुख अतिथि पासवानले संस्थाले शिक्षा, स्वास्थ्य र सामाजिक उत्थानमा गर्दै आएको योगदानको प्रशंसा गर्दै यस्ता पहलहरूले समाजलाई सकारात्मक दिशामा अघि बढाउने बताइन्।
संस्थाका पदाधिकारीहरूले आफ्ना गतिविधि र उद्देश्य प्रस्तुत गर्दै आर्थिक रूपमा कमजोर परिवारलाई निरन्तर सहयोग गर्दै आएको र बालविवाह, दाइजो प्रथा तथा महिलामाथि हुने हिंसाविरुद्ध पनि अभियान सञ्चालन गरिरहेको जानकारी दिए।
कार्यक्रममा भविष्यका योजनाबारे समेत छलफल गरिएको थियो। अन्त्यमा उपस्थित अतिथि तथा सहभागीलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको हो। संस्थाले यो कार्यक्रमबाट आफ्नो अभियानलाई थप ऊर्जा मिलेको विश्वास लिएको छ।






