विराटनगरमा आज संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान

२०८२ भाद्र १६, सोमबार १५:२९

काठमाडौं, भादौ १६– संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा हुने भएको छ।

मोर्चा गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे प्रकाश पार्ने उद्देश्यले देशका विभिन्न स्थानमा कार्यक्रम गर्दै आएको मोर्चाले सोमबार विराटनगरको अतिथि सदनमा अभियान सञ्चालन गर्न लागेको हो।

जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा हुने कार्यक्रममा मोर्चासम्बद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

मोर्चाले आगामी भदौ १८ गते राजविराज, २० गते जनकपुर र २२ गते वीरगञ्जमा जनजागरण अभियान गर्ने कार्यतालिका तय गरे

को छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?