दाङ जिल्लाका अधिकांस फार्मेसी अबैध संचालन

२०७९ पुष ३, आईतवार ०५:४४

दाङ जिल्लाका अधिकांस फार्मेसी अबैध संचालन दाङ ,३ पुस २०७९
दाङ जिल्लाको तुल्सिपुरमा संचालित अधिकांश फार्मेसी अबैध संचालन रहेको पाइएको छ ।लुम्बिनी प्रदेशको राजधानी समेत रहेको दाङ जिल्लाको प्रमुख बजार तुल्सिपुरमा रहेका फार्मेसी अबैध संचालन भएको पाइएको हो । रौनियार मेडिकल,ज्योती मेडिकल एण्ड बिनोद प्याथोलोजी तथा तुलसीपुर पोलिक्लिनिक र ज्योति मेडिकल नामले चिर परिचित मेडिकलहरु अबैध संचालन रहेको पाइएको छ ।अनधिकृत-अदक्ष,औषधी सम्बन्धी जानकारी नै नभएको मान्छे द्वारा औषधी बिक्री गर्ने काम ,डाक्टरले बिरामीलाई यो औषधी खानु भनी लेखेको औषधी फार्मेशी शिक्षा पढेका मान्छेले मात्रै बिक्रि गर्न पाउने नेपाल फार्मेशी परिषद ऐन ले ब्यबश्था गरेको छ तर उक्त कुनै प्रक्रिया समेत पालना नगरी अबैध रुपमा फार्मेसी तथा मेडिकल संचालन रहेको पाइएको हो । नेपाल फार्मेशी परिषद ऐन २०५७ संशोधन २०७५ को दफा ११ ले यो ऐन प्रारम्भ भएको मितिले एक वर्ष पछी परिषदमा नाम दर्ता नभएकोकुनै पनी व्यक्तिले फार्मेशी ब्यबशाय गर्न हुँदैन गरेको पाइएमा सो हि ऐनको दफा २९ को उप दफा १ मा ऐनको दफा ११ बिपरित परिषदमा नाम दर्ता नगराई फार्मेशी ब्यबशाय गरेमा यस ऐन बमोजिम कसुर भएको मानिने छ र त्यस्तो कसुर गर्ने व्यक्ति लाइ ३ वर्ष सम्म कैद र ३० हजार रुपयाँ जरिवाना हुने ब्यबशस्था गरेको भए पनी यी सबै फार्मेसी तथा मेडिकलहरु भने सिंहम सैलीमा संचालन गर्दै आएको पाइएको छ । अधिकांश फार्मेसीमा सम्बन्धी ज्ञान नै नभएका अर्कै व्यक्तिले धमाधम औषधी बेची रहेको पाइएको, मेडिकल समेत अनधिकृत ब्यक्तिको नाम बाट संचालन गरेको, अरुको स्वास्थ सेवा संचालन गर्न मिल्ने अरुकोकागजात प्रयोग गरि संचालन गरेको , कागजात तथा इजाजत समेत सरकारी कर्मचारीको राखी मोटो रकमको चलखेल हुनु जस्ता गम्भीर खेलवाड भैरहेको पाइएको छ । नेपाल सरकारले जारी गरेको नेपाल फार्मेशी परिषद ऐन र औषधी बिक्रि वितरण संहितामा सम्बन्धित फार्माशिस्टले आफै वा आफ्नो निगरानीमा मात्रै औषधी बिक्रि वितरणगर्ने भनेको छ| औषधी पसल दर्ता गर्न औषधी ब्यबश्था बिभागमा जाँदा पनी सम्बन्धित फार्मशिस्ट ले मेरो उपश्थितिमा वा मेरो निगरानीमा मात्रै औषधी बिक्रि वितरण गर्ने छु म नभएको समयमा औषधी पसल बन्द गरेर जानेछु भन्ने कबुलियतनामा गर्ने गरेको भए पनी मेडिकल ब्यवसायिले कुनै पनि नियम पालना नगरेको पाइन्छ ।फार्मेशी लाइसेन्स बेच्ने जस्ता गैर जिम्मेवारी तथा गैर कानुनी कार्य संचालन हुदापनी स्थानीय सरकार तथा प्रशासन भने मौन स्वीकृत दीदै बसेको देखिन्छ ।पोलिक्लिनिकमा स्वाश्थ्य संस्था संचालन मापदण्ड २०७७ र स्वाश्थ्य संस्था स्थापना संचालन तथा स्तरउन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० मा भएका ब्यबश्था विपरित ५ वटा अस्पताल बेड राखेर बिरामी भर्ना गरेको पाइएको छ |उक्त मापदण्ड र निर्देशिकाले पोलिक्लिनिक हरुमा अस्पताल बेड राख्न पाउने ब्यबश्था गरेको छैन | डाक्टरले लेखे जस्तो गरी औषधी लेखी रहनु भा छ तपाइँ लाइ प्रेसक्रिप्सन लेख्ने अधिकार छैन किन लेखी रहनु भा छ भन्ने हाम्रो प्रश्नमा धौलाकोटि ले आफु लाइ औषधी प्रेसक्रिप्सन लेख्ने अधिकार भएको कुरा बताउदै उल्टै काम नसिकानुस भन्ने जवाफ दीने गरेको पाइन्छ । तर यता स्वाश्थ्य संस्था संचालन मापदण्ड २०७७ र स्वाश्थ्य संस्था स्थापनासंचालन तथा स्तरउन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० मा अ हे व ले सामान्य प्रकारका बाहेक सबै प्रकारका औषधीको प्रेसक्रिप्सन लेख्ने ब्यबश्था छैन | यसरी मानव स्वाश्थ्य जस्तो संवेदनशील कुरा लाइ नियमन गर्न बनेका ऐन,नियमावली र निर्देशिका लाइ वेवास्ता गरेर औषधी बेची रहेका औषधी पसले हरुलाई किन कारवाही गर्नु हुन् भनी तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल लाइ प्रश्न गर्दा अब निरीक्षण गरेर गलत तरिकाले औषधी बेच्ने लाइ कारवाही को लागीसम्बन्धित निकायलाई सिफारिस गर्ने कुरा बताए | स्वाश्थ्य जस्तो संबेदनशील कुरामा यतिका खेलवाड हुनु कानुनको धज्जिउडाउनु मात्रै नभै मानव जिबनमाथिको नाङ्गो नाच समेत हो । यी र यस्ता हर्कत गर्ने जो कोहिलाइ कानुनी दाहेरामा पुराउनु हामी सबैको दरिलो भुमिका रहनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?