बारा जिल्लामा आतंक मच्चाउने नरभक्षी बाघ नियन्त्रण

२०८२ आश्विन ३, शुक्रबार १३:३०

बारा, अमलेशगंज मझौना— तीन महिनादेखि स्थानीयवासीलाई आतंकित पार्दै आएको करिब १३ वर्षे वयस्क भाले बाघ शुक्रबार बिहान करिब ८ बजे नियन्त्रणमा लिइएको छ। बाघलाई पर्सा राष्ट्रिय निकुञ्जको खोरमा सुरक्षित राखिएको छ।

 

यस अभियानमा NTNC सौराहा चितवन, हात्तीसार अमलेशगंज, पर्सा राष्ट्रिय निकुञ्ज, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय बारा, नेपाल प्रहरी, डिभिजन वन कार्यालय बारा, ZSL, जितपुर–सिमरा उपमहानगरपालिका, स्थानीय जनप्रतिनिधि, सामुदायिक वनका उपभोक्ता समूह र पत्रकारसहित सबै सरोकारवालाको संयुक्त प्रयास रहेको जिल्ला डिभिजन बन कार्यालय बाराले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?