मुख्यमन्त्री सोनल र पूर्व प्रधानमन्त्री नेपालबीच शिष्टाचार भेट, समसामयिक राजनीतिक विषयमा छलफल

२०८२ कार्तिक ४, मंगलवार १७:३७

काठमाडौं , कार्तिक ४— मधेश प्रदेशका मुख्यमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबीच आज काठमाडौंमा शिष्टाचार भेटघाट भएको छ।

भेटका क्रममा अध्यक्ष नेपालले मुख्यमन्त्री सोनललाई बधाई दिँदै देशको वर्तमान राजनीतिक परिस्थिति, मधेश प्रदेश सरकारको कार्यसम्पादन र आगामी राजनीतिक सहकार्यका सम्भावनाबारे विस्तृत रूपमा कुराकानी गर्नुभएको स्रोतले जनाएको छ।

दुवै नेताबीचको उक्त भेटलाई समसामयिक राजनीतिक परिदृश्यमा अर्थपूर्ण संवादको रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?