छठपछि मुख्यमन्त्री जितेन्द्र सोनल (सोनारले )लिँदै विश्वासको मत

२०८२ कार्तिक ७, शुक्रबार २१:५३

जनकपुरधाम  कर्तिक ७ : मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) छठ पर्व सम्पन्न भएपछि प्रदेशसभामा विश्वासको मत लिने तयारीमा छन्। असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका सोनारले संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।

सोनारले जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा सरकार गठन गरेका हुन्।

प्रदेश सभामा यी पाँच दलका ५७ जना सांसद छन्— जसपाका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद। १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनेका लागि ५४ सांसदको समर्थन आवश्यक हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?