जनकपुरधाम, कर्तिक १६ — मिथिलाका महान् महाकवि तथा लोकदेवता कोकिल बाबा विद्यापतिको स्मृति दिवस यस वर्ष पनि जनकपुरधाममा विशेष उत्साह र भव्यताका साथ मनाइने भएको छ।
कार्तिक शुक्ल त्रयोदशी, २०८२ (कार्तिक १७ गते, सोमबार) का दिन मुरलीसरस्थित विद्यापति चौक, जनकपुरधाम–४ मा भव्य समारोह आयोजना गरिने बताइएको छ।
यस अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री माननीय श्री जितेन्द्र सोनल प्रमुख अतिथिका रूपमा तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष माननीय श्री महन्थ ठाकुर विशेष अतिथिका रूपमा उपस्थिति जनाउने कार्यक्रम छ।
समारोहको क्रममा कोकिल बाबा विद्यापतिको स्मारकमा माल्यार्पण, दीप प्रज्वलन, सांस्कृतिक प्रस्तुति तथा माता दुर्गा मन्दिर परिसरमा कवि गोष्ठी समेत आयोजना गरिनेछ।
आयोजक समितिले सम्पूर्ण मिथिलावासीहरूलाई बिहान ९:३० बजे सुरु हुने यस पावन समारोहमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रण गरेको छ।
📍 स्थान: मुरलीसर, विद्यापति चौक, जनकपुरधाम–४, धनुषा
📅 मिति: २०८२ कार्तिक १७ गते, सोमबार
⏰ समय: बिहान ९:३० बजे
👤 कार्यक्रम संयोजक: त्रिदेव मिश्र






