जनकपुरधाम, मंसिर २७ ,सनोज यादव।: धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका–४, कजरा टोलमा वैदेशिक रोजगारीमा रहेका युवाहरूको पहलमा गाउँका विपन्न परिवारलाई राहत वितरण गरिएको छ।

कार्यक्रमअन्तर्गत ३ परिवारलाई प्रतिपरिवार रु. ६,१०० नगद, र छोरीको विवाह नजिक रहेकाले १ परिवारलाई विशेष रूपमा रु. १०,००० नगद प्रदान गरिएको छ। साथै, ४ परिवारलाई खाद्यान्न र आवश्यक सामग्री वितरण गरिएको छ, जसमा २५ केजी चामल, २ केजी दाल, १२ केजी आलु, खाने तेल, साबुन, सर्फ र १ थान कम्बल समावेश छन्।
जाडो मौसमलाई ध्यानमा राख्दै गाउँका मन्दिरका पुजारीलाई पूर्ण शरीर ढाक्ने जाडोका कपडा पनि प्रदान गरिएको थियो।
स्थानीयवासीहरूले विदेशमा रहेर पनि गाउँप्रति सहयोग गर्ने युवाहरूको पहल सराहनीय भएको बताएका छन् र यस्ता कार्यक्रमले समुदायमा आपसी सहयोग र सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्।






