काठमाडौं, पुष ९ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गर्दै डा. निकोलस भुसालले आमरण अनशन सुरु गर्नुभएको छ।
उहाँले गएराति करिब १० बजेदेखि माइतीघर सडकमा अनशन थालेका हुन्। जेन–जी आन्दोलनले उठाएका मागहरू बेवास्ता गरिएको आरोप लगाउँदै भुसालले ९ बुँदे माग सार्वजनिक गर्नुभएको छ।

कार्की नेतृत्वको अन्तरिम सरकार विस्थापित गरी सर्वपक्षीय सरकार गठन गर्नुपर्ने मागसहित मिराज ढुंगाना, रविकिरण हमाल र भुसाललगायतका युवाहरू विगत तीन दिनदेखि माइतीघरमा प्रदर्शनमा छन्।






