कलमसँगै करुणा: पत्रकार आदित्य अजयले विपन्न परिवारको घरमै पुर्‍याए राहत

२०८२ पुष १२, शनिबार २१:५४

सप्तरी, पुष ११ :सप्तरीका क्रियाशील पत्रकार आदित्य अजयले (मो.फिरोज आलम विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छन । उनले सप्तरी जिल्लाको राजबिराज नगरपालिका २ का एक विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न वितरण गरेको बताए।

पब्लिक खबर२४ का अध्यक आदित्य अजयले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका एक बिपन्न परिवारलाई राहत स्वरुप चामल, दाल, नुन, तेल बितरण गरेका हुन् ।

५० केजी चामल, ५ केजी दाल, २ लिटर तेल, २ केजी नुन, ५ केजी आलु, २ केजी चिउरा लगायतका खाद्य सामाग्री हस्तान्तरण गरिएको पब्लिक खबर२४ का म्यानेजर सन्तोष कुमार माझीले जानकारी दिए ।
यसरी दैनिक अति आवश्यकीय खाद्यान्न पाएपछि विपन्न परिवार खुसी भएको आदित्य अजयले सबैलाई सहयोग गर्नु पर्ने भावनाले राहत वितरण कार्यमा सहायता गर्नु भएको थियो।
उनले भने सधै अगाडिको दिनमा पनि यसरी नै सहयोग गर्ने नै छौ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?