जनकपुधाम । धनुषाको कमला नगरपालिकामा शिक्षकहरूले साउनदेखि तलब–भत्ता नपाएको भन्दै पुष १ गतेदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्।
शिक्षकहरुले विद्यालय बन्द गरी नगरपालिकाको कार्यालय अगाडि धर्नामा बस्दै आइरहेको छ।
जनहित माविका प्रधानाध्यापक तथा शिक्षक आन्दोलन समितिका संयोजक जगरनाथ यादवले जबसम्म तलबको ग्यारेन्टी नभए विद्यालयमा पठनपाठन गर्न नसक्ने बताए।
आन्दोलनरत शिक्षक लालु गोइतले साउनदेखि हालसम्म तलब नपाएको र आर्थिक रूपमा घरपरिवार चलाउन धौधौ परेको दुख्सो पोखेका हुन् ।
कमला नगरपालिका वडा नंं २ का सदस्य जितनारायण यादवले भने, हामी २८ वटै वडाका सदस्यले पुस १२ गते मेयरलाई ज्ञापनपत्र बुझायौं। कर्मचारी र शिक्षकको तलब समयमै दिन आग्रह गरियो। तर मेयर–उपमेयरबीचको आन्तरिक विवादले पालिका छ महिनादेखि ठप्प छ। अहिलेसम्म कुनै गम्भीर पहल भएको छैन।
नगर प्रमुख विशेश्वर यादवले एक महिनाभित्र तलब–भत्ता उपलब्ध गराउने प्रयास भइरहेको बताए। शिक्षकको आन्दोलनका कारण बालबालिकाको पठनपाठन ठप्प भएको छ। जुन नेपालको संविधान र बालअधिकार ऐनअनुसारको आधारभूत शिक्षा पाउने अधिकारको हनन हो। यसले विद्यार्थीहरूको भविष्य र समान अवसरमा दीर्घकालीन असर पार्ने सक्ने चेतावनी स्थानीयहरूले बताएका छन्।






