काठमाडौं पुस २१ । आज २०८२ साल पुस २१ गते सोमबार, तदनुसार ५ जनवरी २०२६ । माघ कृष्ण पक्षको द्वितीया तिथि र गुरु गोविन्द सिंह जयन्ती । ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको राशिफल यस प्रकार छ:
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन सामान्य रहनेछ। व्यापारमा साथीभाइको सहयोगले सफलता मिल्नेछ। यद्यपि, बिचौलियाहरूका कारण धन खर्च हुन सक्ने भएकाले आर्थिक कारोबारमा सचेत रहनुहोला। स्वास्थ्यमा सुधार आउनेछ भने पारिवारिक सल्लाहमा अगाडि बढ्नु हितकर हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शिक्षाको क्षेत्रमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। बन्धुवान्धवबाट धोका हुन सक्ने भएकाले आफ्ना गोप्य योजनाहरू सुरक्षित राख्नुहोला। प्रेम सम्बन्धमा निकटता आउनेछ र साथीभाइको साथ पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आम्दानीका दृष्टिले आजको दिन महत्त्वपूर्ण छ। तर, बोली र व्यवहारमा सन्तुलन मिलाउन नसके साथीभाइ टाढिन सक्छन्। सरकारी कामकाजमा केही अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउनुहोला।
कर्कट (ही, हू, हे, हो, डा, डि, डु, डे, डो)
मनमा केही अस्थिरता महसुस भए पनि संकटको समयमा साथ दिने साथीहरूको कमी हुनेछैन। आफन्तबाटै चुनौती आउन सक्ने भएकाले सावधानी अपनाउनुहोला। धार्मिक यात्राको अवसर मिल्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज धनलक्ष्मी योग परेकाले आर्थिक लाभको प्रवल सम्भावना छ। मनको अशान्ति हटाउन धार्मिक कार्यमा मन लगाउनुहोला। उत्तरतर्फको यात्रा आज नगर्नु नै राम्रो हुनेछ। परिवारको सल्लाहमा चल्दा थप फाइदा हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको निर्णयले भविष्यमा राम्रो फल दिनेछ। राजनीतिक र सामाजिक सेवामा अवसर प्राप्त हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नुका साथै प्रेम सम्बन्ध अझ सुमधुर बन्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरुलाई सानो सम्झिने बानीले आफैलाई घाटा पुऱ्याउन सक्छ। बौद्धिक व्यक्तित्वसँगको भेटले नयाँ ज्ञान मिल्नेछ। स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुहोला। शिक्षा क्षेत्रको लगानीले दीर्घकालीन लाभ दिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शिक्षा र शैक्षिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। सरस्वतीको आरधनाले मनमा स्पष्टता र शान्ति ल्याउनेछ। साना कुराले मन चञ्चल भए पनि धार्मिक कार्यमा सहभागी हुनाले दिन सहज बन्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
दिन सामान्य छ, मनमा केही अशान्ति हुन सक्छ। समाजमा हुन सक्ने नकारात्मक टिप्पणीलाई बेवास्ता गर्दै धैर्यताका साथ अघि बढ्नुहोला। स्वास्थ्य अवस्था राम्रो रहनेछ भने दाम्पत्य जीवन सुखमय रहनेछ।
मकर (भो,जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
शैक्षिक क्षेत्रमा मिहिनेतको आवश्यकता छ, तर सफलता निश्चित छ। सरस्वतीको उपासनाले मनलाई एकाग्र बनाउनेछ। सहकर्मीहरूसँगको संयुक्त लगानीबाट राम्रो नाफा आर्जन हुने योग छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
हरेक क्षेत्रमा परिश्रम गर्नुपर्ने समय छ। रोकिएको धन उठाउन निकै कसरत गर्नुपर्ला। प्रेम सम्बन्ध र पारिवारिक वातावरण भने सुखद रहनेछ। मिहिनेतले नै भविष्यको मार्ग प्रशस्त गर्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
दिन सहज र उत्साहजनक रहनेछ। राज्यका तर्फबाट गरिने सेवा र कामले सम्मान दिलाउनेछ। परिवारको सुझाव र सहयोगले कार्यक्षेत्रमा सफलता मिल्नेछ। सम्बन्धहरूमा निकटता आउनेछ।






