राजीनामापछि कुलमानलाई प्रधानमन्त्रीको धन्यवाद, जनताले मूल्यांकन गर्ने विश्वास

२०८२ पुष २३, बुधबार २२:१४

काठमाडौं पौष २३ — पदबाट राजीनामा दिएपछि कुलमान घिसिङलाई बिदाइ गर्दै प्रधानमन्त्री सुशीला कार्कीले उनको योगदानको खुलेर प्रशंसा गरेकी छन्। प्रधानमन्त्री कार्कीले प्रतिकूल परिस्थितिका बाबजुद सरकारमा सामेल भई देशका लागि उल्लेखनीय सेवा गरेको भन्दै धन्यवाद व्यक्त गरिन्।

उनले कुलमानले रातदिन नभनी जिम्मेवारी वहन गरेको, देशका विभिन्न भू–भागमा पुगेर काम गरेको र विपद्‌का समयमा अग्रपंक्तिमा रहेर सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गरिन्। प्रधानमन्त्रीका अनुसार विपद्‌ग्रस्त क्षेत्रमा स्वयं पुगेर काम गर्नु उनका कार्यशैलीका महत्वपूर्ण पक्ष थिए।

त्यस्तै, विकास निर्माण क्षेत्रमा देखिएका बेथितिविरुद्ध उनले कठोर निर्णय लिएको भन्दै प्रधानमन्त्री कार्कीले ती कदमहरू देशले सधैं सम्झने बताइन्। “उनको कामको मूल्यांकन जनताले अवश्य गर्नेछन्,” प्रधानमन्त्रीको भनाइ थियो।

प्रधानमन्त्रीको भनाइले कुलमानको कार्यकाल र योगदानलाई उच्च सम्मानका साथ स्मरण गरिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?