पैदलयात्रीका लागि फुटपाथ खाली गराउन मन्त्री स्वयं सडकमा

२०८२ चैत्र ९, सोमबार ०९:४५

चैत्र ९ : मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो फेरि सडकमा उत्रिएर फुटपाथ खाली गराउने अभियानलाई तीव्रता दिएका छन्। सर्वसाधारणलाई पैदल हिँड्न सहज बनाउने उद्देश्यले मन्त्री महतो स्वयं सडक अनुगमनमा निस्किएका हुन्।

उनले फुटपाथमा राखिएका पसल, ठेला र अवैध संरचना हटाउन सम्बन्धित निकायलाई निर्देशन दिँदै फुटपाथ अतिक्रमण नगर्न व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरे। मन्त्री महतोले सार्वजनिक स्थान अतिक्रमण गर्न नदिने र नियम उल्लङ्घन गर्नेहरूमाथि कारबाही गरिने पनि चेतावनी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?