नवनिर्वाचित सांसदहरूको आज शपथ ग्रहण, १७ जनाले मैथिलीमा शपथ लिने

२०८२ चैत्र १२, बिहीबार ०७:४३

चैत्र १२,  । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

शपथ ग्रहण कार्यक्रम आज दिउँसो २ बजे सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुने संघीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयले सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई प्रति सहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ।

संघीय संसद् सचिवालयका अनुसार शपथको सम्पूर्ण तयारी पूरा भइसकेको छ। प्रवक्ता एकराम गिरीका अनुसार ४७ जना सांसदले नेपाली बाहेकका भाषामा शपथ लिने तयारी गरेका छन्, जसमा १७ जनाले मैथिली भाषामा शपथ लिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?