चैत्र १२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिबाट संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। बिहीबार बनस्थलीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिबाटै संसदीय दल गठन गर्ने प्रस्ताव पारित गरेको हो।
बैठकमा पार्टी सभापति Rabi Lamichhane ले पार्टीका वरिष्ठ नेता Balendra Shah लाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको जनाइएको छ।
बिहीबार नै संसदीय दलको बैठक बस्ने तयारी गरिएको छ र सोही बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने औपचारिक निर्णय गर्ने बताइएको छ।






