काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि मिति २०८३ वैशाख १६ गते बुधबार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको छ।
तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, छाना उड्ने, साथै विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जस्ता जोखिम रहने बताइएको छ।
यसकारण, उक्त क्षेत्रहरूमा बसोबास गर्ने वा सो समयमा ती स्थानतर्फ यात्रा गर्ने सबैमा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।






