सडक दुर्घटनाको आवरणमा हुने ‘हत्या’ रोक्न सरकारको कडा कानुन प्रस्ताव

२०८३ बैशाख १५, मंगलवार १०:३०

काठमाडौं — सडक दुर्घटनाको नाममा हुने ज्यान जाने घटनालाई नियन्त्रण गर्न कडा सजायसहितको नयाँ विधेयक प्रस्ताव गरिएको छ।

प्रस्ताव अनुसार, यदि कुनै चालकले ज्यान मार्ने नियतका साथ सवारीसाधन प्रयोग गरी कसैलाई ठक्कर दिएर मृत्यु गराएमा त्यस्तो घटनालाई ‘हत्या’ सरह मानिनेछ। दोषी ठहरिएमा जन्मकैदसम्मको सजाय हुने व्यवस्था राखिएको छ।

त्यस्तै, ज्यान मार्ने नियत नभए पनि चरम लापरबाही वा असावधानीका कारण भएको दुर्घटनाबाट कसैको मृत्यु भएमा चालकलाई ३ वर्षदेखि १२ वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ।

यसैगरी, बिना लाइसेन्स सवारी चलाएर दुर्घटना गराई मृत्यु गराएमा माथि उल्लेखित सजायसँगै थप २० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था प्रस्तावमा समेटिएको छ।

उक्त प्रस्तावले सडक सुरक्षा कडा बनाउने र दुर्घटनाको नाममा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?