फिल्म रिलिजअघि मुद्दा: कलाकारहरूको आक्रोश, ‘अब अदालतमै सेन्सर गरौं!’

२०८३ बैशाख १६, बुधबार ०१:१९

काठमाडौँ — निर्देशक तथा अभिनेता निश्चल बस्नेतले फिल्मसँग सम्बन्धित मुद्दामा अदालतबाट आउने निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले अदालतको आदेश सबैले मान्नुपर्ने स्पष्ट पार्दै, फिल्म निर्माणको उद्देश्य र प्रक्रिया पनि बुझिनुपर्ने बताएका छन्।

बस्नेतका अनुसार एकतर्फी रूपमा मात्र हेरेर फिल्म रिलिजको मुखैमा मुद्दा दर्ता हुँदै अदालतले निर्णय गर्दै जाने प्रवृत्तिले चलचित्रकर्मीहरूको मनोबल गिराउने गरेको छ। यस्तो अवस्था एकपटक मात्र नभई बारम्बार दोहोरिँदा फिल्म क्षेत्रमै नकारात्मक असर परेको उनले उल्लेख गरेका छन्।

उनले व्यंग्यात्मक रूपमा अब फिल्मलाई सिधै अदालतमै दर्ता गरेर त्यहीँबाट सेन्सर गर्नुपर्ने अवस्था आएको टिप्पणी गरेका छन्। साथै, वर्तमान व्यवस्था नै अप्रभावी भएको संकेत गर्दै विकास बोर्ड र सेन्सर बोर्ड खारेज गर्नेसम्मको कटाक्ष गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?