विराटनगरमा ग्यास बुलेटको ठक्करबाट दुई जना साइकल‍यात्रीको मृत्यु

२०८३ जेष्ठ ५, मंगलवार १८:५५

विराटनगरमा ग्यास बुलेटको ठक्करबाट दुई जना साइकलयात्रीको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका(१४ हनुमान मन्दिर अगाडि मंगलबार एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अन्दाजी ४०र४५ वर्षका पुरुष र १३र१४ वर्षकी बालिकाको मृत्यु भएको हो उनीहरूको पहिचान खुल्न बाँकी रहेको मोरङका प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनामा दुई जना गम्भीर घाइते भएका थिए । उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो।

घटनापछि ग्यास बुलेट र चालक भारत घर भएका ४५ वर्षीय रामलाल सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि आक्रोशित भिडले बुलेटमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?