सिजी ग्रुप विरुद्धको मुद्दामा युवा नेता आदर्श मण्डल विजयी

२०८३ जेष्ठ ६, बुधबार १२:२९

जनकपुरधाम — नेकपा निकट युवा नेता आदर्श मण्डलले देशकै प्रतिष्ठित व्यावसायिक घराना CG Group अन्तर्गतको अन्नत चौधरी ग्रुपले आफूविरुद्ध दायर गरेको मुद्दामा कानुनी विजय हासिल गरेका छन्। लामो समयदेखि चलिरहेको कानुनी प्रक्रियापछि अदालतले मण्डलको पक्षमा फैसला सुनाएको हो।

फैसलापछि प्रतिक्रिया दिँदै मण्डलले सत्य र न्याय अन्ततः विजयी हुने बताएका छन्। उनले भने,

“सत्यको जीत ढिलो भए पनि अन्ततः अवश्य हुन्छ।”

मण्डलले मुद्दाको सफल प्रतिरक्षाका लागि आफ्नो कानुनी टोलीप्रति विशेष आभार व्यक्त गरेका छन्। अधिवक्ता Ram Bilash Yadav, Rocky Prasad Sah तथा Anjali Singh ले मुद्दाको प्रतिरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

यस घटनालाई मण्डलका समर्थकहरूले सत्य र न्यायको जीतका रूपमा व्याख्या गरेका छन्। सामाजिक सञ्जालमा समेत उनलाई बधाई दिनेहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ। धेरैले यो फैसला अन्यायविरुद्ध आवाज उठाउनेहरूका लागि प्रेरणादायी सन्देश भएको प्रतिक्रिया दिएका छन्।

राजनीतिक तथा सामाजिक वृत्तमा समेत यस घटनाले व्यापक चर्चा पाएको छ। मण्डल निकट युवाहरूले अदालतको फैसलाले सत्यलाई स्थापित गरेको बताएका छन् भने कानुन व्यवसायीहरूले यसलाई निष्पक्ष न्यायको उदाहरणका रूपमा लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?