वीरगञ्ज । एक ज्येष्ठ नागरिकलाई बोक्सीको आरोप लगाउँदै गालीगलौज र कुटपिट गरेको अभियोगमा पर्सा प्रहरीले तीन जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–३२ चोर्नी बस्ने ३८ वर्षीय पीँकी देवी, ४४ वर्षीय पानामति देवी र ५४ वर्षीय शान्ति देवी धानुक रहेका छन् । उनीहरूलाई बोक्सी आरोप ९कसुर र सजाय० ऐन, २०७२ अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, गत वर्ष फागुन २७ गते बिहान करिब ११स्३० बजे वीरगञ्ज–३२ चोर्नी टोलमा उक्त घटना भएको थियो । ती ज्येष्ठ नागरिक जाहेरवाली गहुँ बारीमा बाली हेर्न जाँदै गर्दा सोही ठाउँकी २८ वर्षीय मुनती देवीलगायतको समूहले बाटो छेकेका थिए ।
प्रहरीका अनुसार ‘एक छिन काम छ’ भन्दै झुक्यानमा पारी ती वृद्धालाई जोरजुलुम गरी उनीहरूले आफ्नो घरको आँगनमा लगेका थिए । त्यहाँ पुर्याएपछि “मलाई किन भूतप्रेत लगाई बिरामी पारेको रु” भन्दै बोक्सीको आरोप लगाएर अश्लील गालीगलौज गर्नुका साथै चप्पलले कुटपिट गरेको पीडितले दिएको जाहेरी दरखास्तमा उल्लेख छ ।
पीडित ज्येष्ठ नागरिकको जाहेरीको आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न पीँकी, पानामति र शान्ति देवीलाई मिति जेठ ०५ गते मङ्गलवार दिउँसो बजे पक्राउ गरेको हो । उनीहरू वीरगञ्ज महानगरपालिका–८ घण्टाघर क्षेत्रमा घुमफिर गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
कस्तो छ कानुनी व्यवस्था र सजाय !
बोक्सीको आरोपमा कुटपिट गर्ने र अभद्र व्यवहार गर्ने कार्यलाई नेपालको कानुनले गम्भीर अपराध मानेको छ । ‘बोक्सीको आरोप ९कसुर र सजाय० ऐन, २०७२’ अनुसार कसैलाई बोक्सीको आरोप लगाएमा, सोही आधारमा कुटपिट गरेमा वा अमानवीय व्यवहार गरेमा कडा सजायको व्यवस्था छ।
उक्त ऐन अनुसार कसैलाई बोक्सीको आरोप लगाई कुटपिट गर्ने वा क्रूर, अमानवीय वा अपमानजनक व्यवहार गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी १ वर्षदेखि ५ वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
यस घटनामा पीडित ज्येष्ठ नागरिक रहेकाले आरोपितहरूलाई कानुन बमोजिम थप सजाय हुन सक्नेछ । ‘कसुर गर्ने व्यक्तिले गर्भवती महिला, बालबालिका, अपाङ्गता भएको व्यक्ति वा ज्येष्ठ नागरिक विरुद्ध यस्तो कसुर गरेमा निजलाई तोकिएको सजायमा थप २५ प्रतिशत सजाय हुनेछ,’ ऐनको दफा ४ को उपदफा ९२० मा स्पष्ट रूपमा भनिएको छ ’ यसका साथै, अदालतले दोषीबाट पीडितलाई पुगेको शारीरिक तथा मानसिक चोटको मूल्याङ्कन गरी उचित क्षतिपूर्ति र उपचार खर्च समेत भराइदिने कानुनी व्यवस्था छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ९डिएसपी० हरि बहादुर बस्नेतले पक्राउ परेका तीनै जनालाई पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जानकारी दिएका छन् । डिएसपी बस्नेतका अनुसार उनीहरूमाथि बोक्सी आरोप ९कसुर र सजाय० ऐन बमोजिम कानुनी कारबाही हुनेछ ।
समाजमा जरा गाडेर बसेको यस्तो कुप्रथाविरुद्ध प्रहरी शून्य सहनशीलताको नीतिमा रहेको प्रहरीले जनाएको छ






