काठमाडौं । लागूऔषध पोलेनसहित दुई जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीबाट लागूऔषध पोलेन जस्तो देखिने वस्तु १२ किलोग्रामसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय विकास सुनार र सिन्धुली घर भएका ३२ वर्षीय बिनोद अधिकारी रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विकासको कोठाबाट १ किलोग्राम र बिनोदको कोठाबाट ११ किलोग्राम उक्त वस्तु फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।






