जनकपुरधाम, असार १९;“रुख रोपौँ, भविष्य बचाऔँ। हरियाली बढाऔँ, वातावरण जोगाऔँ।”
रोटर्याक्ट क्लब अफ जनकपुरधामले वातावरण संरक्षण तथा हरित भविष्य निर्माण गर्ने उद्देश्यका साथ आज मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान (एमआईएचएस), मणिपाल, मुजेलिया, जनकपुरधाम परिसरमा १५० बिरुवा वृक्षारोपण अभियान सफलतापूर्वक सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूसहित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान (एमआईएचएस) का करिब ५० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले वृक्षारोपण गर्दै वातावरण संरक्षण, जैविक विविधताको संवर्द्धन तथा हरित समाज निर्माणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा क्लब अध्यक्ष रोटर्याक्टर सौरभ कुमार महासेठ, सचिव रोटर्याक्टर कृष्ण प्रसाद यादव, कोषाध्यक्ष रोटर्याक्टर अमर कुमार चौधरी, जनसम्पर्क तथा प्रचार–प्रसार संयोजक रोटर्याक्टर रजत नारायण लाल कर्ण, क्लब प्रशासन संयोजक रोटर्याक्टर आशुतोष ठाकुर, अन्तर्राष्ट्रिय सेवा संयोजक रोटर्याक्टर मिथिलेश साह (उज्ज्वल) तथा सदस्यता संयोजक रोटर्याक्टर उमा शंकर पासवान लगायत क्लबका सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।
क्लब अध्यक्ष रोटर्याक्टर सौरभ कुमार महासेठ ले भन्नुभयो,”आज रोपिएको प्रत्येक बिरुवा भावी पुस्ताप्रतिको हाम्रो जिम्मेवारीको प्रतीक हो। वातावरण संरक्षण सबैको साझा दायित्व भएकाले यस्ता अभियानलाई निरन्तरता दिइनेछ।”
एक सहभागी विद्यार्थीले भन्नुभयो,”रोटर्याक्ट क्लबसँग सहकार्य गर्दै वृक्षारोपण कार्यक्रममा सहभागी हुन पाउँदा निकै गर्व लागेको छ। यस्ता कार्यक्रमले वातावरणप्रति सचेतना बढाउनुका साथै युवामा सामाजिक उत्तरदायित्वको भावना पनि विकास गर्छ।”

अर्का विद्यार्थीले भन्नुभयो,”एउटा बिरुवा रोप्नु भनेको भावी पुस्ताका लागि स्वच्छ वातावरणको आधार तयार गर्नु हो। आगामी दिनमा पनि यस्ता अभियानमा निरन्तर सहभागी हुनेछौं।”
कार्यक्रमको सफल आयोजनाका लागि रोटरी क्लब अफ जनकपुरधाम, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान (एमआईएचएस) तथा सम्पूर्ण सहभागीप्रति रोटर्याक्ट क्लब अफ जनकपुरधामले हार्दिक आभार व्यक्त गर्दै वातावरण संरक्षणका यस्ता सामाजिक अभियानलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।






