मोबाइल ठगीबाट बच्ने उपायबारे जित्नी–किसान स्मृति फाउन्डेशनद्वारा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

२०८३ श्रावण ८, शुक्रबार १९:०९

मोबाइल ठगीबाट सचेत बनौँ, सुरक्षित रहौँ भन्ने मूल नाराका साथ जित्नी–किसान स्मृति फाउन्डेशन, सप्तरीको आयोजनामा एकदिने डिजिटल सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सुलुनी युनिभर्सिटीबाट कम्प्युटर विज्ञान अध्ययनरत इन्जिनियर हेमलता राउत र नेहा यादवले सहभागीहरूलाई मोबाइल तथा साइबर अपराधबाट बच्ने व्यावहारिक उपायहरूबारे प्रशिक्षण दिनुभएको थियो।

मुख्य प्रशिक्षण तथा सचेतनाका बुँदाहरू:

गोपनीयता कायम राख्ने: ओटीपी (OTP), बैंकिङ पासवर्ड तथा व्यक्तिगत विवरण कसैसँग पनि साझा नगर्न आग्रह।

अनलाइन सतर्कता: अपरिचित लिङ्क तथा शंकास्पद एपहरू डाउनलोड नगर्न र अनलाइन किनमेल वा
डिजिटल भुक्तानी गर्दा विशेष ध्यान दिनुपर्ने।

अपराधका नयाँ प्रवृत्ति: सामाजिक सञ्जालमार्फत हुने ठगी, नक्कली फोन तथा म्यासेजबाट हुने वित्तीय अपराधबारे जानकारी।

कार्यक्रममा विभिन्न उमेर समूहका महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले दैनिक जीवनमा प्रयोग हुने डिजिटल प्रविधिको सुरक्षित प्रयोग र साइबर सुरक्षाबारे उपयोगी ज्ञान पाएको प्रतिक्रिया दिएका छन्।

डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटनाहरू समेत बढ्दै गएकाले समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?