अन्तरजिल्ला धनुषा काठमाडौंको अध्यक्षमा युवराज सिंह सर्वसम्मत निर्वाचित

२०८३ श्रावण २३, शनिबार १७:५३

काठमाडौं, साउन २३ गते। अन्तरजिल्ला धनुषा काठमाडौंको तेस्रो अधिवेशनबाट युवराज सिंह अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ।

काठमाडौंमा आज सम्पन्न तेस्रो अधिवेशनले सिंहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अधिवेशनमा अन्तरजिल्ला धनुषाका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रम अन्तरजिल्ला धनुषा काठमाडौंका अध्यक्ष सुशील कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय युवा सङ्घ नेपाल का केन्द्रीय कमिटी उपाध्यक्ष विनय शाह, केन्द्रीय महासचिव महेश चौलागाईं लगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो।

अधिवेशनलाई सम्बोधन गर्दै उपस्थित नेताहरूले नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै धनुषाबाट काठमाडौंमा रहेका युवाहरू तथा जिल्लावासीबीचको एकता, सहकार्य र सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउन नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष युवराज सिंहले आफूलाई सर्वसम्मत रूपमा जिम्मेवारी प्रदान गरेकोमा सम्पूर्ण सदस्य तथा नेतृत्वप्रति धन्यवाद व्यक्त गर्दै संस्थाको उद्देश्यअनुसार सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अधिवेशनले अन्तरजिल्ला धनुषा काठमाडौंलाई थप संगठित, सक्रिय र प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ नेतृत्व चयन गरेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?