चन्दन रजक अग्रगामी मोर्चा, सप्तरीको आयोजनामा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा आज आइतबार बैठक हुने भएको छ। मोर्चामा आबद्ध नौ दलका सम्बन्धित क्षेत्रका नेता तथा प्रतिनिधिहरूको सहभागितामा बैठक हुन लागेको हो।
बैठकमा मोर्चामा आबद्ध नौ दलका केन्द्रीय सदस्य,प्रदेश सदस्य,जिल्ला समन्वय समितिका पदाधिकारी तथा नेताहरू, जनप्रतिनिधि,पालिका समिति र भ्रातृ संगठनका नेताहरूको अनिवार्य सहभागिताका लागि आग्रह गरिएको छ।
निर्वाचन क्षेत्र अनुसार फरक–फरक स्थानमा आयोजना हुने बैठकअन्तर्गत सप्तरी क्षेत्र नम्बर–१ को बैठक अन्नपूर्णा कलेज, कञ्चनपुरमा हुनेछ। उक्त बैठकको समन्वय जसपा नेपालले गर्नेछ।
त्यस्तै, सप्तरी क्षेत्र नम्बर–२ को बैठक राजविराजस्थित जिल्ला समन्वय समितिको सभाहलमा हुनेछ। उक्त बैठकको समन्वय जनमत पार्टीले गर्नेछ।
सप्तरी क्षेत्र नम्बर–३ को बैठक विष्णुपुर गाउँपालिका–१ स्थित डिहबार थान, खुरहुरियामा आयोजना हुनेछ। यसको समन्वय बहुजन पार्टीले गर्नेछ।
यसैगरी, सप्तरी क्षेत्र नम्बर–४ को बैठक बोदे बर्साइन नगरपालिका–५ स्थित धर्मशालामा हुनेछ। उक्त बैठकको समन्वय नेपाल संघीय समाजवादी पार्टीले गर्नेछ।
चारवटै क्षेत्रको बैठक आज आइतबार,२०८३ भदौ २१ गते दिउँसो १ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
अग्रगामी मोर्चा,सप्तरीले सम्बन्धित क्षेत्रका नौवटै दलका नेता, जनप्रतिनिधि तथा विभिन्न संगठनका जिम्मेवार पदाधिकारीहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ।






