कांग्रेस महाधिवेशन : यस्तो छ, अतिथिहरूलाई लगाइदिने खादा

२०८३ आश्विन १८, आईतवार १३:४६

काठमाडौं। काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहभागी हुन आउने स्वदेशी तथा विदेशी अतिथिहरूका लागि विशेष प्रकारको खादाको व्यवस्था गरिएको छ।

मुलुकमा भर्खरै गएको प्राकृतिक विपद्को शोकका कारण महाधिवेशनलाई तडकभडकविहीन र मितव्ययी बनाउने नीति लिएको कांग्रेसले सम्मानका लागि पनि मौलिक र सादगीपूर्ण खादा तयार पारेको हो।

अतिथिहरूलाई स्वागत तथा सम्मानस्वरूप ओढाइने उक्त खादा खद्दर तथा नेपाली हाते कागज/ढाकाको मिश्रणबाट तयार पारिएको छ। खादामा पार्टीको चारतारे झण्डा, १५औँ महाधिवेशनको आधिकारिक लोगो र ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’ भन्ने मूल नारा कोरिएको छ।

विशेष गरी विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, सोसलिष्ट इन्टरनेसनलका प्रतिनिधि तथा नेपालका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई स्वागत गर्दा प्लास्टिकजन्य वा आयातित महँगा खादाको साटो यो मौलिक र वातावरणमैत्री खादा प्रयोग गरिने आयोजक समितिले जनाएको छ। यसअघि नै पार्टीले महाधिवेशनस्थल र आसपासका क्षेत्रमा वातावरणमैत्री सामग्री मात्र प्रयोग गर्ने निर्णय गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?