जनकपुरधाम: सर्वप्रथम प्रधानमन्त्रीज्यूलाई भारत भ्रमणको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
भारत भ्रमण गर्दै गर्दा सबैभन्दा माथि देश हुन्छ भन्ने कुरा नभुलिदिनुहोला। हाम्रो भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय अर्धसैनिक बल तैनाथ छन्। तर हामी नि’रीहजस्तै भएका छौँ। कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो भूमि हो, त्यहाँबाट भारतीय अ’र्धसै’निक बल ह’टाउनुपर्छ भन्न नभुल्नुहोला। नेपाललाई बेवास्ता गरेर हाम्रो भूमि लिपुलेक प्रयोग गरी भारत र चीनबीच भएको व्यापारिक पारवहन सम्झौता नेपाललाई स्वीकार्य छैन भन्ने हि’म्मत गर्नुहोला । सन् १८१६ को सुगौली सन्धिअनुसार काली (महाकाली) पूर्वका भूभाग नेपालको हो ।
भारतीय सीमा सुरक्षा बल (SSB) ले नवलपरासीको पूर्वी सुस्तामा निरन्तर आ’तंक म’च्चाउँदै आएको छ। नदीमा बाँ’धसमेत लगाउन दिएको छैन। जसका कारण समग्र सुस्ता बस्ती नै न’ष्ट हुने सम्भावना छ। यो समस्या समाधान गरेर फर्किनुहोला । हाम्रा सीमाना र सीमास्तम्भहरू निरन्तर मि’चिँदै छन्।
देशको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै विभिन्न सम्झौता र सहयोग आदानप्रदानमा ध्यान दिन आवश्यक छ। व्यापार वाणिज्य, जलविद्युत्, सुरक्षा, अतिरिक्त हवाई रुट तथा भारतमा रहेका नेपाली नागरिकको सुरक्षा लगायतका विषय यसमा पर्छन्।
वार्ताको ढोकाभित्र पसेर निस्किएपछि छातीमा देश बोकेर निस्किनुहोला। आ’त्मसम’र्पणले प’छुताउनुबाहेकको विकल्प हुने छैन।
लेखक – Ajay Sodari







