धनुषा :जनकपुरधाम। भगवान् श्रीराम र माता सीताको पावन विवाह उत्सवका रूपमा मनाइने ऐतिहासिक विवाह पञ्चमी महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी तीव्र पारिएको छ।
महोत्सवलाई लक्षित गर्दै जनकपुरधाममा चहलपहल बढ्न थालेको छ। यस वर्षको विवाह पञ्चमी महोत्सवअन्तर्गत साताव्यापी कार्यक्रम सार्वजनिक गरिएको छ।
महोत्सवमा धार्मिक विधि, सांस्कृतिक कार्यक्रम तथा विभिन्न उत्सवका माध्यमबाट त्रेता युगमा भगवान् श्रीराम र माता सीताबीच भएको विवाहको स्मरण गरिनेछ।
विवाह पञ्चमीले जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्ने अपेक्षा गरिएको छ।







