जनकपुर :भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा औपचारिक स्वागत गरेका छन्।
द्विपक्षीय भेटवार्ताअघि आयोजित स्वागत कार्यक्रममा दुवै देशका प्रधानमन्त्रीबीच शिष्टाचार अभिवादन तथा संक्षिप्त भलाकुसारी भएको थियो।
स्वागत कार्यक्रम सम्पन्न भएसँगै नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विषयमा केन्द्रित औपचारिक वार्ता सुरु भ
एको छ।







